थप ३ जनामा कोरोना संक्रमण पुष्टि, १५ डिस्चार्ज

काठमाडौं । थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ३ सय २२ नमूना परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ३ सय २२ नमूनाको परीक्षण गर्दा ३ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

मन्त्रालयका अनुसार थप १५ जना कोरोनामुक्त भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ४ सय ३२ पुगेको छ।

Back to top button