मोरङका उम्मेदवारहरु कस्ले कहाँबाट मतदान गरे ?

विराटनगर । मोरङका प्रदेश तथा प्रतिनिधिसभाका उम्मेदवारले विभिन्न मतदान केन्द्रबाट मतदान गरिरहेका छन्।

विहान ७ः३० वजे एमाले स्थायी कमिटी सदस्य तथा क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा उम्मेदवार लालबाबु पण्डितले विराटनगर– १२ मा रहेको महेन्द्र बहुमुखी क्याम्पसको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

नेपाली कांग्रेसका नेता तथा क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा उम्मेदवार डा. शेखर कोइरालाले आदर्श मावि मतदान केन्द्रबाट सोहि समयमा मतदान गर्नुभएको छ । क्षेत्र नम्बर ४ का एमाले प्रतिनिधिसभाका उम्मेदवार विनोद ढकालले विराटनगर ५ को आधारभूत विद्यालयबाट मतदान गर्नुभएको छ ।

क्षेत्र नम्बर ३ का नेपाली कांग्रेसका प्रतिनिधिसमा उम्मेदवार सुनिल शर्माले बेलबारी ४ को पञ्चज्योति आधारभूत विद्यालयबाट मतदान गर्नुभएको छ भने नेकपा एमालेका सोहि क्षेत्रका प्रतिनिधिसभा सदस्यका उम्मेदवार भानुभक्त ढकालले सुकुना बहुमुखी क्याम्पसबाट मतदान गर्नुभएको छ ।

क्षेत्र नम्बर ५ का जनता समाजवादी पार्टीका प्रतिनिधिसभा उम्मेदवार राजकुमार यादवले विराटनगर १३ को बाल मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

यस्तै प्रदेशसभा तर्फ मोरङ ४ (२) का एमाले उम्मेदवार जीवन घिमिरेले विराटनगर १० को संसारीमाईस्थान मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । ५ (२) बाट नेपाली कांग्रेसका उम्मेदवार अमृत अर्यालले पनि सोही मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

मोरङ ६ (२) का एमाले उम्मेदवार पर्शुराम बस्नेतले विराटनगर ११ को जनपथ मावि मतदान केन्द्रबाट र एमाले ६ (१) की उम्मेदवार रिता न्यौपानेले बुढीगंगा २ को लीलाभक्ता आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । नेपाली कांग्रेस नेतृ डिला संग्रौलाले विराटनगर ११ को जनपथ मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

Back to top button