प्रधानमन्त्री देउवाद्धारा मतदान

डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले गृह जिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ अशिग्राम माध्यमिक विद्यालय रुवाखोलामा रहेको मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।

मतदानपछि सञ्‍चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले शान्त र भयरहित वतावरणमा सबैलाई ढुक्क भएर मतदान गर्न अनुरोध गर्नुभएको छ । उहाँले हरेक निर्वाचनमा जन्मथलो रूवाखोलाबाट नै मतदान गर्दै आउनुभएको छ ।

Back to top button