पर्साको एउटा मतदानस्थलमा मतदान सकियो

पर्सा । पर्साको एउटा मतदानस्थलमा निर्वाचन सम्पन्न भएको छ । कुल ३७ मतदाता रहेको पर्साको वीरगन्जस्थित कारागार मतदानस्थलमा निर्वाचन सकिएको हो ।

वीरगन्ज कारागारका कैदीबन्दीहरुलाई लक्षित गरी यसै बर्षबाट थपिएको उक्त अस्थायी मतदानस्थलमा मतदान सकिएको पर्साका मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले बताउनुभएको छ ।

कुल ३७ मतदाता रहेको यो मतदान केन्द्रमा एक जना मतदाता वीरगन्ज कारागारबाट पहिले नै छुटेर गइसकेपछि ३६ जनाले मात्र मतदान गरेका छन् ।

मतदान गर्ने मतदाताहरुमा पर्साका २४, बाराका १०, काठमाडौंका १ र सर्लाहीका १ गरी ३६ जना रहेको बताइएको छ । वीरगन्ज कारागारमा अहिले १ हजार ४ सय ६६ कैदीबन्दी छन् ।

तर उनीहरु मध्ये प्रतिनिधि सभा सदस्यको समानुपातिक तर्फ मतदान गर्न पाउने प्रावधान अनुसार उक्त संख्याका कैदीबन्दीहरुले मात्र मतदान गर्न वीरगन्ज कारागारका सूचना अधिकारी नवराज बर्तौलाले बताउनुभएको छ ।

Back to top button