
बाजुरा । बाजुराका तीन वटा मतदान केन्द्रमा विवाद हुँदा मतदान स्थगित भएको छ ।
जिल्लाको बुढिगंगा नगरपालिका–८ को मतदान केन्द्र, बुढीनन्दा–५ र स्वामिकार्तिक खापर गाउँपालिका–४ को एक केन्द्रमा मतदान स्थगित भएको हो ।
राजनीतिक दलहरुबीच विवाद भएपछि ती मतदान केन्द्रको मतदान प्रक्रिया स्थगित भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।