
विराटनगर । सुनसरीको बर्जु गाउँपालिका– ५ स्थित एक मतदान स्थल अगाडि विष्फोट भएको छ । नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्र अगाडि बिष्पोट भएको प्रहरीले जनाएको छ ।
मतदान भइरहेको बेला भएको उक्त बिष्पोटमा परि एक स्थानीय बालिका घाइते भएको प्रहरीले जनाएको छ । घाइते बालिकाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
सोही मतदान स्थलको गेटनजिक अर्को पनि बम रहेको आशंकामा सेनाले खोजि गरिरहेको छ । मतदानस्थलमा विष्फोट भएपछि मतदाता त्रसित बनेका छन् । त्यहाँको मतदान तत्कालका लागि स्थगित गरिएको छ ।