
फ्रेन्च फरवार्ड कबिम बेन्जिमाले तिघ्राको समस्याका कारण आजदेखि कतारमा सुरु हुने विश्वकप गुमाउने हुनुभएको छ ।
शनिबार जसिम बिन हमाद रंगशालामा भएको ट्रेनिङबाट बेन्जिमा बाहिरिनुभएको छ । यसअघि उहाँले फ्रान्स र अस्ट्रेलियाबीचको खेल गुमाउने तय थियो। तर, अब विश्वकप नै गुमाउने तय भएको छ। यो करिम बेन्जिमाले गुमाउने तेस्रो विश्वकप हुनेछ।
पहिलो रोजाईमा रियाल मड्रिडका फरवार्ड बेन्जिमाको स्थान ओलिभर जिरुडले लिने हुनुभएको छ । उहाँ सर्वकालिन सर्वाधिक गोलकर्ताको सूचीमा थिएरी अन्रीभन्दा तीन गोलले मात्रै पछाडि हुनुहुन्छ।
समूह ‘डी’मा फ्रान्सले अस्ट्रेलिया, डेनमार्क र ट्युनिसियासँग खेल्ने छ।