मोरङमा ११ बजेसम्म १२ प्रतिशत मत खस्यो, बुढीगंगाको करैया देवस्थल मतदान केन्द्रमा मतदान सुरु गरिँदै

विराटनगर । बिहान ७ बजेदेखि सुरु भएको मतदानको क्रम बिहान ११ बजेसम्म मोरङमा १२ प्रतिशत मत खसेको छ । मोरङका शान्तिपूर्ण तवरले मतदान भइरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताउनुभयो ।

उहाँका अनुसार बुढीगंगा गाउँपालिकाको एक मतदान केन्द्रमा स्थगित भएको मतदान समेत सुरु गर्न लागिएको बताउनुभयो । बुढीगंगाको करैया देवस्थल मतदान केन्द्रमा स्थगित मतदान सुरु हुन लागेको हो ।  त्यसका अलवा अहिलेसम्म जिल्लाभरि उत्साहका साथ मतदान भइरहेको उहाँले बताउनुभयो ।

३ सय ६ वटा मतदानस्थल रहेको मोरङमा ८ सय ३९ वटा स्थायी र २ वटा अस्थायी केन्द्र छन् । मोरङमा ७ लाख ३५ हजार ५ सय २५ मतदाता छन् ।

Back to top button