
बिर्तामोड । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले गोलधाप मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
नेकपा एमालेसँग चुनावी तालमेल गरेर झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्नुभएका लिङदेनले हल्दिबारी गाउँपालिका–१ नम्बर वडा कार्यालय गोलधाप मतदान केन्द्र (ख) बाट बिहान ११ः ३५ मा मतदान गर्नुभएको हो ।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला उहाँका प्रतिस्पर्धी हुनुहुन्छ । दुवै उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।