
विर्तामोड । झापा गाउँपालिकाको एउटा मतदान स्थल परिसरभित्र अज्ञात समूहले सुतली बम विस्फोट गराएको छ। झापा–२ स्थित कुवाडीदेवी मावि मतदान स्थलमा आज विहान साढे ९ बजे बम विस्फोट गराएको हो।
मतपेटिकादेखि करिब ३० मिटर नजिकै बम विस्फोट भएको स्थानीय प्रल्हादकुमार राजवंशीले बताउनुभयो। विस्फोट पछि मतदाता त्रसित बनेका थिए। घटनास्थलमा नेपाली सेनाको टोली पुगेको आधा घण्टापछि मात्र मतदान सुरू भएको थियो।