
विराटनगर । फिफा विश्वकप–२०२२ आजदेखि कतारमा शुरु हुँदैछ । विश्वकपको उद्धाटन समारोह अल खोरमा रहेको अल बायत स्टेडियममा हुनेछ ।
उद्धाटन खेलमा आयोजक कतार र इक्वेडरबिच खेल हुने छ । खेल नेपाली समय अनुसार राति ९ः४५ बजे शूरु हुनेछ । विश्वकपको इतिहासमा पहिलोपटक सबैभन्दा कम रंगशालामा खेल हुँदैछ ।
यसपटक आठ वटा रंगशालामा ६४ खेल हुने भएको छ । त्यसमध्ये सात वटा नयाँ रंगशाला बनाइएको हो भने एउटा रंगशाला पुन निर्माण गरि तयार गरिएको हो ।
उद्धाटन खेलमा ६० हजार दर्शकको उपस्थिति हुने विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । यस रंगशाला विश्वकप आयोजना हुने लुसाइल रंगशालापछि दोस्रो ठूलो रंगशाला हो ।
यस रंगशालामा समूहचरणको चार तथा अन्तिम १६, क्वाटरफाइनल र सेमिफाइनलको एक–एक खेल हुनेछन् ।