
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले बहुमत ल्याउने दाबी गर्नुभएको छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित क्षेत्र नं ‘क’ मतदान केन्द्रबाट भोट हालेपछि उहाँले मंसिर १५ सम्ममा एमाले नेतृत्वको सरकार बन्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मंसिर १५ सम्ममा एमाले नेतृत्वको सरकार बन्छ । हामी बहुमत ल्याउँछौँ । अहिले सहकार्य गरेको दलहरू मिलेर सरकार बनाउँछौं ।’
ओलीले उत्साह र शान्तिपूर्णरूपमा निर्वाचन भइरहेको बताउनुभयो । उहाँले अहिलेसम्म मतदान नगरेकाहरूलाई मतदान केन्द्रमा गएर मतदान गर्न आग्रह समेत गर्नुभयो ।