
काठमाडौं । निर्वाचन आयोगले दिउँसो १२ः ४५ बजेसम्म ३२ प्रतिशत मत खसेको जनाएको छ । दिउँसो पत्रकार सम्मेलन गरी आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ३२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको गरेको जानकारी दिनुभयो ।
यो पटकको निर्वाचनमा विहानको समयमा मतदान गर्नेहरुको संख्या कम देखिएको उहाँले बताउनुभयो । चिसोका कारणले पनि होला विहान कम मत खसेको छ, काठमाडौंमा विहानको समयमा लाइन नदेखिएको भन्दै उहाँले १०–११ बजेपछि मात्र भिड बढेको बताउनुभयो ।