बम बिष्पोटपछि स्थगित भएको सुनसरी बर्जुको मतदान केन्द्रमा मतदान सुचारु

विराटनगर । सुनसरीको बर्जु गाउँपालिकामा रहेको एउटा मतदान केन्द्रमा विष्फोटपछि स्थगित भएको मतदान प्रक्रिया सुरु गरिएको छ । सेना परिचालन गरी उक्त केन्द्रमा मतदान प्रक्रिया सुरु गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

बर्जु गाउँपालिका– ५ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा रहेको केन्द्रको गेटनजिक विष्फोट हुँदा ८ वर्षीया पुजन ऋषिदेव घाइते हुनुभएको छ ।

विष्फोटपछि मतदाताबिच भागाभाग भएको थियो । ४० मिनेट स्थगित भएको उक्त मतदान केन्द्रको मतदान प्रक्रिया सेना परिचालन गरी सुरु गरिएको निर्वाचन कार्यालयले जनाएको छ । अहिले मतदान जारी रहेको छ ।

Back to top button