मतदान रोकिएको बुढीगंगा गाउँपालिकाको करैया देवीस्थान केन्द्रमा मतदान सुचारु

विराटनगर । मतदान केन्द्र भित्र विष्फोट भएपछि रोकिएको मोरङको बुढीगंगा स्थित करैया देवीस्थान मतदान केन्द्रको मतदान पुनः सुचारु भएको छ । बूढीगंगा गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्रको मतदान सुरु भएको हो ।

लाइनमा बसेर मतदाताले मतदान गरिरहेका बेला केन्द्रभित्रै बिहान ९ः४० बजेतिर विष्फोटको ठूलो आवाज आएको थियो । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार १२ः१५ बजेतिर मतदान सुरु भएको हो ।

विष्फोटको आवाजसँगै मतदाताबीच भागदौड मच्चिएको थियो । बम विष्फोट गराइएको भनेर त्रसित हुँदै मतदाता भागेपछि मतदान स्थगित गरिए पनि पटका पड्काएको पाइएको प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो ।

सबै मतदान केन्द्रको सुरक्षा व्यवस्था कडा पारिएका कारण ढुक्कसँग मतदानमा सहभागी हुन उहाँले सबैमा आग्रह गनुएभएको छ ।

Back to top button