
विर्तामोड । झापामा मतपत्र च्यात्ने एकजना मतदाता पक्राउ परेका छन् । पक्राउ पर्नेमा विर्तामोड नगरपालिका–५ किरात चोक निवासी ४८ वर्षीय भुपेन्द्र खतिवडा रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिनुभयो ।
विर्तामोडको देवी मावि केन्द्रमा मतदान गर्ने क्रममा खतिवडाले प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक मतपत्रमा मत हालेर प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्र च्यातेको डीएसपी पाठकले बताउनुभयो ।
खतिवडा मदिरा सेवन गरेर मतदान गर्न गएको बताइएको छ । मतपत्र च्यात्नेलाई १ लाखसम्म जरिवाना र २ वर्षसम्मको कैद हुन सक्ने कानुनी व्यवस्था छ ।