
भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२ मा आफ्नो जित सुनिश्चित रहेको बताउनुभएको छ । आज विभिन्न मतदान केन्द्रमा मतदाता भेट्न पुग्नुभएका लामिछानेले चितवनमा घण्टी बजिसकेको टिप्पणी गर्नुभएको हो ।
लामिछानेले बेसिक स्कुल कालिका नगरपालिका–२ मा मतदातासामु भन्नुभयो, ‘किला गडिसक्यौं त, कहाँ छोड्छु म अब गर्ने हो, पालो हाम्रै त हो, मैले जित्ने भनेको तपाईहरुले जित्ने हो ।’
उहाँले आफूले चुनाव जितेपछि पनि चुनाव अगाडि मत माग्न आएजसरी नै घर–घरमा आउने बताउनुभयो ।