काठमाडौं–१ को मतगणना सुरु

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर–१ को मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार ९ बजेदेखि मतगणना सुरु भएको हो।

काठमाडौं–१ को मतगणना संघीय संसद् भवन नयाँ बानेश्वरमा भइरहेको छ। मतदान केन्द्रमा तारजालीको व्यवस्था गरिएको छ। काठमाडौं–१ मा कांग्रेसका प्रकाशमान सिंह, एमालेका किरण पौडेल, राप्रपाका रवीन्द्र मिश्रको मुख्य प्रतिस्पर्धामा हुनुहुन्छ ।

प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं–१ मा ३१ जनाको उम्मेदवारी परेको छ। जसमध्ये ११ जना स्वतन्त्र उम्मेदवार छन्। ३५ वर्षीय सामाजिक अभियन्ता पुकार बमदेखि पूर्वप्रहरी नायव महानिरीक्षक (डीआइजी) रमेश खरेलसम्मले काठमाडौं क्षेत्र नम्बर–१ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

२०७४ सालको निर्वाचनमा ४२ हजार ४ सय ३० मतदाता रहेकोमा यो निर्वाचनमा २ हजार ५ सय ८८ मतदाता थपिएको आयोगको तथ्यांकमा उल्लेख छ। निर्वाचन आयोगको तथ्याकं हेर्दा अधिकांश २० देखि ४० वर्ष उमेर समुहका मतदाता यो निर्वाचन क्षेत्रमा थपिएका छन्।

Back to top button