सुनसरीमा ११ बजेदेखि मतगणना सुरु हुने

सुनसरी । सुनसरीमा आज बिहान ११ बजेदेखि मतगणना सुरु हुने भएको छ। अहिले चारवटै क्षेत्रमा सर्वदलिय बैठक बसरे सहमतिका आधारमा मतगणना सुरु गरिने सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादबले जानकारी दिनुभयो।

सुनसरी क्षेत्र नम्बर–१ को धरान सभागृह, २ को शिक्षा तालिम केन्द्र,३ को दुहबी कबडहल र ४ को भगवती माबी इनरुवामा मतगणना हुने छ। सर्वदलिय बैठक सकिने बित्तिकै चार वटै निर्वाचन क्षेत्रको मतगणना एकसाथ सुरु गरिने प्रजिव यादबले जानकारी दिनुभएको छ ।

यस्तै, मत गणनास्थलमा व्यापक रुपमा प्रहरी परिचालन गरि सुरक्षा व्यवस्था मजबुत पारिएको उहाँले बताउनुभयो। सुनसरीमा ५ लाख ४४ हजार ९ सय ४१ मत खसेको छ।

Back to top button