
बैतडी । बैतडीमा प्रहरी सवार जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। दशरथचन्द राजमार्गमा पर्ने पाटन–४ स्थित थूम भन्ने स्थानमा बिहान ७ बजेतिर से १ ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो।
दुर्घटनामा परी ५ जनाको मृत्यु भएको घटनास्थलमा रहेकाका वडा नं ४ का वडा अध्यक्ष दिपक बिष्टले जानकारी दिनुभयो। यस्तै, मृत्युहनेहरु प्रहरी वा अन्य हुन् एकिन भइसकेको छैन। थप विवरण आउन बाँकी रहेको छ।