झापा– ३ मा राजेन्द्र लिङ्देनको अग्रता

काठमाडौं । झापा–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता लिनुभएको छ ।

आज ५०० मत गन्दा लिङ्देनले २२७ मत पाउनुभएको छ नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले २१३ मत पाउनुभएको छ । यो क्षेत्रमा सिटौलालाई नेकपा माओवादी केन्द्रसहित सत्ता गठबन्धनमा आवद्ध दलको समर्थन छ भने लिङ्देनलाई नेकपा एमालेको समर्थन छ ।

यो क्षेत्रमा २०७४ सालमा सिटौलालाई हराउँदै लिङ्देन निर्वाचित हुनुभएको थियो ।

Back to top button