सप्तरी–२ मा सिके राउतको अग्रता

सप्तरी । सप्तरीको निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीले सुरुवाती अग्रता लिएको छ । जनमत पार्टीका अध्यक्षसमेत रहेका चन्द्रकान्त (सीके) राउत प्रतिष्पर्धी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवभन्दा दोब्बर मतले अगाडि रहनुभएको छ ।

अहिलेसम्म गनिएको मतमा राउतले १०२० मत प्राप्त गर्दा जसपा अध्यक्ष यादवले ४५२ मत ल्याउनुभएको छ । त्यस्तै तेस्रो स्थानमा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार जयप्रकाश ठाकुरले ३०८ मत ल्याउनुभएको छ ।

Back to top button