प्रदेश १ मा अपेक्षा गरिएभन्दा कम मतदान : आयोग

मोरङ । निर्वाचन आयोगले प्रदेश १ मा अपेक्षा गरिएभन्दा कम मत खसेको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मधेस प्रदेशमा ६५ प्रतिशतकै हाराहारीमा मतदान भएको पाइएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘बढी मत खस्ने अपेक्षा गरिएको प्रदेश १ मा कम मत खसेको देखिन्छ, मधेस प्रदेशमा ६५ प्रतिशतकै हाराहारीमा मतदान भएको देखिन्छ । अन्यत्रको हकमा १–२ प्रतिशत अझै बढ्नसक्छ ।’

निर्वाचन बिथोल्ने कार्यमा संलग्न केही ठाउँमा केही व्यक्तिहरु पक्राउ परेको र पक्राउ पर्न नसकी भागेकाहरुलाई पनि पक्राउ गरी निर्वाचन कसुर तथा सुरक्षा ऐन अन्तर्गत कारबाही गर्न उहाँले निर्देशन दिनुभएको छ ।

Back to top button