नवलपरासीमा मतगणना सुरु

नवलपरासी । नवलपरासी पश्चिममा मत गणना सुरु भएको छ । निर्वाचन क्षेत्र नं. १ को बर्दघाट नगरपालिका र निर्वाचन क्षेत्र नं. २ को रामग्राम नगरपालिकामा मत गणना भइरहेको छ ।

२ निर्वाचन क्षेत्र र ४ प्रदेशसभामा कुल ८८ जना उम्मेदवार छन् । दुबै निर्वाचन क्षेत्रमा ४–४ स्थानमा राखेर मतगणना गरिएको छ ।

प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिकतर्फको मतगणना एकै पटक गर्नुपर्ने भएकाले नजिता आउन कम्तीमा ५ दिन लाग्ने मुख्य सहायक निर्वाचन अधिकृत प्रेम प्रसाद पौडेलले जानकारी दिनुभयो ।

यस्तै, जिल्लामा ७२ प्रतिशत मत खसेको छ । कुल २ लाख ४० हजार ९ सय ३० मतदाता रहेको जिल्लामा १ लाख ७२ हजार ३ सय ८४ मत खसेको छ ।

Back to top button