काठमाडौं–४ मा गगन थापा ४ सय ४४ मतले अगाडी

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर–४ मा नेपाली कांग्रेसका गगन थापाले निरन्तर अग्रता कायम राख्नुभएको छ ।

४ हजार २ सय १६ मत गणना हुँदा कांग्रेसका थापाले २ हजार २५ मत प्राप्त गर्नुभएको छ । थापाका प्रतिद्वन्द्वी नेकपा एमालेका राजन भट्टराईले १ हजार ५ सय ८१ मत ल्याउनुभएको छ । यो निर्वाचन क्षेत्रमा ४५ हजार ७ सय ५१ मत खसेको थियो ।

२०७४ सालको निर्वाचनमा थापा २१ हजार ५ सय ५८ मतसहित विजयी हुनुभएको थियो । भट्टराईले भने १८ हजार १ सय ४० मत ल्याउनुभएको थियो।

यस क्षेत्रमा कांग्रेसका महामन्त्रीसमेत रहनुभएका थापा, एमाले नेता भट्टराई, राप्रपाका डा. शंकरमोहन श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका रमेश ढुगेंल प्रतिस्पर्धामा हुनुहुन्छ ।

यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीका भानुकुमार खड्का, मौलिक जरोकिलो पार्टीका नुमनाथ प्याकुरेल, नेकपा मालेकी लीलामाया पौडेल, स्वतन्त्र उम्मेदवारहरु श्यामराज भेटवाल, थर्कबहादुर बस्नेत, अर्जुनकुमार प्रसाई, रोहित डंगोल, रोशन बर्मा, हेमबहादुर बम्जन, रवीन्द्रदेव ढकाल, महेश्वर केसी, शिवेन्द्र केसीलगायत प्रतिस्पर्धामा हुनुहुन्छ ।

Back to top button