
कास्की । मुस्ताङको प्रदेशसभा (१) मा नेपाली कांग्रेसका नम्डु गुरुङ निर्वाचित हुनुभएको छ । गुरूङले नेकपा एमालेका इन्द्रधारा विष्टलाई पराजित गर्नुभएको हो ।
गुरुङले १ हजार ४८ मत ल्याएर प्रदेशसभामा निर्वाचित हुँदा विष्टले ७ सय ९३ मत पाउनुभएको थियो । विष्ट निवर्तमान प्रदेशसभा सदस्य पनि हो ।
निर्वाचित गुरूङ स्थानीय तह निर्वाचनमा लोमान्थाङ–४ को वडाध्यक्षमा पराजित हुनुभएको थियो । मुस्ताङ प्रतिनिधिसभा तर्फ यसअघि कांग्रेसका योगेश गौचन विजयी भइसक्नुभएको छ । अहिले मुस्ताङ प्रदेशसभा (२) को मतगणना चलिरहेको छ ।