एमाले अध्यक्ष ओलीको क्षेत्रमा मतगणना सुरु

विर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र झापा–५ को मतगणना सुरु भएको छ । प्रतिनिधिसभा प्रत्यक्षतर्फको मतगणना केहीबेरअघि सुरु भएको हो ।

झापा–५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेल प्रतिस्पर्धामा हुनुहुन्छ ।

Back to top button