झापा–५ मा एमाले अध्यक्ष ओली ४ हजार मतले अगाडि

विर्तामोड । झापा निर्वाचन क्षेत्र नम्बर–५ मा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको अग्रता कायमै छ । पछिल्लो मत गणनाअनुसार ओली ९ हजार ९ सय ८४ मतसहित अग्र पंक्तिमा हुनुहुन्छ ।

उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले ५ हजार ८ सय ९८ मतसहित पछ्याउँदै हुनुहुन्छ । ओली र अधिकारीबीच ४ हजार ८६ को मतान्तर छ ।

Back to top button