चितवन १ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

चितवन । चितवन क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारलाई पछाडी पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्‍मेदवार हरि ढकालले अग्रता लिनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका ढकालले ६ हजार ६७ मत ल्याउनुभएको छ । भने कांग्रेसका विश्वनाथ पौडेलले ५ हजार ८० मत ल्याउनुभएको छ । यस्तै नेकपा एमालेका सुरेन्द्र पाण्डेले ४ हजार ५ सय २३ मतका साथ तेस्रो पोजिसनमा पुग्नुभएको छ ।

यसअघि २०७४ सालको निर्वाचनमा चितवन–१ बाट एमालेका पाण्डे निर्वाचित हुनुभएको थियो ।

Back to top button