देश हाँक्ने चालक कांग्रेसभित्रै छन्, नयाँलाई नेतृत्व दिन जुरुरी छः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् काठमाडौं क्षेत्र नम्बर– ४ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले अब संसदीय दलको निर्वाचनको तयारीमा लाग्ने बताउनुभएको छ ।

निर्वाचन मतपरिणाम घोषणा भएगलत्तै सम्बोधन गर्दै थापाले भन्नुभयो, ‘संसदीय दलको निर्वाचनको तयारीमा आजैदेखि लाग्छु ।’ उहाँले अहिले जनताले स्थायित्वमात्रै नभई नेपाललाई हाक्ने नयाँ चालक पनि खोजेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘त्यो चालक कांग्रेसभित्रै छन् । यो बहस पार्टीभित्र पनि भइसकेको छ । कांग्रेसले नयाँ नेतृत्व दिन जरुरी छ । देशभरबाटै यो विचार व्यक्त भएको छ ।’

Back to top button