
धनगढी । कैलाली क्षेत्र नम्बर– ४ मा नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्य उमेदवार लेखराज भट्टलाई ज्यान मार्ने धम्की दिने दुईजना पक्राउ परेका छन् ।
आज भट्टकै निवासमा पुगेर ज्यान मार्ने धम्की दिने स्थानीय शेरबहादुर लामा र दिपेन्द्र विकलाई प्रहरीले पक्राउ गरेको हो । त्यसबेला भट्ट घरमा हुनुहुन्थेन ।
‘भट्टको घरमा पुगेर धम्की दिएपछि नियन्त्रणमा र्लिएको इलाका प्रहरी कार्यालय मालाखेतीका इञ्चार्ज ज्ञानबहादुर विष्टले जानकारी दिनुभएको छ । उहाँका अनुसरा पक्राउ पर्ने दुवैजना माओवादीका पूर्वलडाकु रहेको पाइएको छ ।