कैलाली–३ बाट नाउपाले खोल्यो खाता

कैलाली – कैलाली क्षेत्र नम्बर–३ बाट नागरिक उन्मुक्ति पार्टी (नाउपा)का गंगाराम चौधरी २३ हजार १२० मतसहित विजयी हुनुभएको छ। उक्त क्षेत्रबाट नाउपाले प्रतिनिधिसभा सदस्यमा खाता खोलेको हो ।

नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरी १७ हजार ७४९ मतसहित निकटतम् प्रतिद्वन्द्वीमा सीमित हुनुभएको छ । उहाँ सत्ता गठबन्धनका उम्मेदवार हो ।

नेकपा एमालेका गौरीशंकर चौधरी भने ९ हजार ८७४ मतसहित तेस्रो स्थानमा हुनुभयो भने राष्ट्रिय प्रजातन्त्र पार्टीका बिरेन्द्र बमले ७ हजार ४७ मत प्राप्त गर्नुभयो ।

कुल ६३ हजार ४४० मत खसेको उक्त क्षेत्रमा ४ हजार २१ मत बदर भएको छ ।

Back to top button