
डडेल्धुरा । पछिल्लो मत परिणामअनुसार डडेल्धुरामा प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवा अग्रस्थानमा हुनुहुन्छ ।
सुरुआती चरणवाट नै अगाडि देखिनुभएका प्रधानमन्त्री देउवा १९ हजार ५ सय ९६ मत गणना हुँदा ९ हजार ७ सय ७३ मत ल्याएर अग्रस्थानमा हुनुहुन्छ । उहाँलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले ५ हजार १ सय ९३ मत ल्याएर पछ्याइरहनु भएको छ ।
प्रधानमन्त्री देउवा र स्वतन्त्र उम्मेदवार सागरबीच ४ हजार ५ सय ८० मतको फरक रहेको छ । यस्तै कांग्रेस विपीका उम्मेदवार कर्णबहादुर मल्ललाई २ हजार ६९४ मत प्राप्त भएको छ ।