
चितवन । मतगणनाको पहिलो दिनदेखि तेस्रो स्थानमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अग्रता लिनुभएको छ । पहिलो स्थानमा रहनुभएका नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलको अग्रतालाई पछि पार्दै उहाँ पहिलो स्थानमा पुग्नुभएको हो ।
इच्छाकामना गाउँपालिकाको मत गणनामा १०४०५ गणनामा उहाँको मत २९७८ थियो । कालिका नगरपालिकाको गणना सुरु गरेपछि लामिछानेले अग्रता बढाउनुभएको हो ।
दोस्रोमा एमालेका कृष्णभक्त पोख्रेल र तेस्रोमा नेपाली कांग्रेसा उम्मेदवार उमेश श्रेष्ठ हुनुहुन्छ । लामिछानेले ४ हजार ७ मत प्राप्त गर्नुभएको छ । एमालेका पोख्रेलले ३ हजार ८७९ र काङ्ग्रेसका श्रेष्ठले ३ हजार ४१० मत पाउनुभएको छ ।