जनताको सबै समस्याहरु सम्बोधन गर्छु : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । काठमाडौं–९ मा नेकपा एमालेबाट नवनिर्वाचित सांसद कृष्णगोपाल श्रेष्ठले जनताको मायाले चुनाव जितेको बताउनुभएको छ । निर्वाचित भएपछि श्रेष्ठले जनताको माया र सद्भावबाट विजयी भएको बताउनुभएको हो ।

अब एमालेको सरकार बन्ने बताउँदै उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री जितेको मध्यबाट हुन्छ । यो निर्वाचनमा देशले जितेको हो। यो निर्वाचनमा सुरुवातदेखि सहयोग गर्ने सबैमा धन्यवाद दिन्छु । देशभरीको परिणाम उत्साहजनक छ ।’ श्रेष्ठले जनताको समस्या सम्बोधनमा कटिवद्ध भएर लाग्ने बताउनुभयो ।

श्रेष्ठ ११ हजार ९ सय ५६ मतसहित निर्वाचित हुनुभएको हो । श्रेष्ठका प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९ सय ६१ मत ल्याउनुभयो। त्यस्तै नेकपा माओवादी केन्द्रकी कल्पना धमलाले ६ हजार ४ सय २ मत प्राप्त गर्नुभयो।

Back to top button