रौतहट–१ मा माधव नेपाल फराकिलो मतान्तरले अगाडि

काठमाडौं । रौतहट क्षेत्र नम्बर–१ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल फराकिलो मतान्तरले अगाडि हुनुहुन्छ ।

उहाँका प्रतिस्पर्धी नेकपा एमालेका अजय गुप्ता भन्दा उहाँ ४ हजार ७ सय २४ मतले अगाडि हुनुहुन्छ ।

उहाँले १९ हजार २ सय ११ मत प्राप्त गर्दा एमालेका अजयले १४ हजार ४ सय ८७ मत प्राप्त गर्नुभएको छ ।

Back to top button