झापा १ मा नेपाली कांग्रेसका विश्वप्रकाशको जित सुनिश्चित

झापा । झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विश्वप्रकाश शर्माको जित सुनिश्चित बनेको छ । पछिल्लो मतपरिणाम अनुसार गणना हुन बाँकी भन्दा बढी मत प्राप्त गरिसकेकोले उहाँको जित सुनिश्चित भएको हो ।

उक्त क्षेत्रमा ११ हजार ३९१ मत गन्न बाँकी छ भने शर्माले प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार अग्निप्रसाद खरेलको भन्दा १२ हजार ६८० मत बढी ल्याइसक्नुभएको छ । खरेलले २१ हजार ८ सय २८ मत ल्याउनुभएको छ ।

Back to top button