
धनकुटा । धनकुटामा प्रतिनिधिसभा तर्फ नेकपा एमालेका राजेन्द्र राईले अग्रता कायम गर्दा नेपाली कांग्रेस सुनिलबहादुर थापाले उहाँलाई पछ्याइरहनुभएको छ ।
३६ हजार ४ सय ४३ मत गणना सकिँदा एमालेका राईले १५ हजार ३ सय ३६ मत प्राप्त गर्नुभएको छ । सत्ता गठबन्धनका उम्मेदवार थापा १४ हजार ७ सय ६५ मत प्राप्त गर्दै राईलाई पछ्याइरहनुभएको छ ।
यस्तै, नेकपा माओवादी केन्द्र छाडेर स्वतन्त्र उम्मेदवारी दिनुभएका हेमराज भण्डारी ३ हजार ७ सय २० मतसहित तेस्रो स्थानमा हुनुहुन्छ । उहाँलाई राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन रहेको छ ।