ओखलढुंगा प्रदेशसभा (क)मा कांग्रेसका सुनुवार र (ख)मा माओवादीका गौतम निर्वाचित

काठमाडौं । ओखलढुंगा प्रदेशसभा (क) मा नेपाली कांग्रेस र (ख) मा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी हुृनुभएको छ ।

प्रदेशसभा (क) मा कांग्रेसका प्रदीपकुमार सुनुवार र (ख) मा माओवादी केन्द्रका बाबुराम गौतम निर्वाचित हुनुभएको हो । कांग्रेसका सुनुवारले नेकपा एमालेका अम्बिकाबाबु गुरुङ र माओवादी केन्द्रका गौतमले एमालेकै ज्ञानबहादुर खड्कालाई पराजित गर्नुभएको छ ।

यस्तै, कांग्रेसका सुनुवारले १४ हजार ९ सय १६ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी एमालेका गुरुङले १४ हजार ५ सय ५६ मत ल्याउनुभएको छ । माओवादी केन्द्रका गौतमले १५ हजार ७ सय ३८ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी एमालेका खड्काले १४ हजार ६ सय ४० मत ल्याउनुभएको छ ।

Back to top button