मोरङ–२ मा मतअन्तर बढाउँदै पोखरेल

विराटनगर । मोरङको क्षेत्र नम्बर–२ मा नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेलले मत अन्तर बढाउँदै लग्नुभएको छ ।

नेपाली कांग्रेसकी उम्मेदवार सुजाता कोइरालासँग पोखरेलले ७ सय २३ मतको अन्तर पुर्‍याउनुभएको छ । कोइरालाले ९ हजार ७ सय १२ मत प्राप्त गर्दा पोखरेलले १० हजार ४ सय ३५ मत प्राप्त गर्नुभएको छ । यस अघि उहाँहरुबिचको मत अन्तर ३ सय ६९ मात्र थियो ।

Back to top button