
काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभामा सिन्धुलीबाट खाता खोलेको छ ।
सिन्धुली निर्वाचन क्षेत्र नम्बर–२ बाट माओवादीको लेखनाथ दाहाल ‘राजन’ विजयी हुनुभएको हो ।
उहाँले २७ हजार ५ सय १७ मत ल्याएर विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी एमालेका मनोजजंग थापाले २१ हजार ६ सय ८७ मत ल्याउनुभयो ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका अनोजकुमार दाहालले १ हजार ५ सय ५३, राप्रपाका भिष्मराज श्रेष्ठले १ हजार ३ सय ४० मत ल्याउनुभएको छ ।