
डोटी । डोटीमा प्रदेशसभा (ख) बाट सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका शिवसिंह ओली विजयी हुनुभएको छ ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहनुभएका ओलीले प्रतिस्पर्धी नेकपा एमालेका टेकबहादुर बमलाई ९ सय १९ मतले पछि पार्दै विजयी हुनुभएको हो ।
ओलीले १४ हजार ४७ मत ल्याउँदा बमले १३ हजार १ सय २८ मत प्राप्त गर्नुभयो। राप्रपाका मोहन बमले १ हजार ३ सय २७ प्राप्त गर्नुभएको छ ।