रामचन्द्र पौडेलको १५ सय बढीको अग्रता कायमै, पछ्याउँदै एकबहादुर राना

तनहुँ । तनहुँ क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले अग्रता कायमै राख्नुभएको छ । २६ हजार ७ सय ८६ मत गणना हुँदा पौडेलले निकटतम प्रतिद्वन्द्वी एमालेका एकबहादुर रानासँग १ हजार ५ सय ७७ को मतान्तर पुर्‍याउनुभएको छ ।

हालसम्म पौडेलले १० हजार १ सय ४० मत प्राप्त गर्नुभएको छ भने रानाले ८ हजार ५ सय ६३ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले २ हजार ६ सय ४१ र स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले १ हजार ९ सय ८७ मत पाउनुभएको छ ।

यस्तै, प्रदेश (१) तर्फ १५ हजार ९ सय ६६ गणना हुँदा गठबन्धनका अशोककुमार श्रेष्ठले ६ हजार ७ सय ९ ल्याउँदै सुरुदेखि नै अग्रता लिनुभएको छ । कांग्रेसका रामबहादुर गुरुङले ४ हजार ८ सय ५९ मत प्राप्त गर्दै श्रेष्ठलाई पछ्याइरहनुभएको छ।

प्रदेश (२) मा पनि गठबन्धनका हरिबहादुर चुमानले अग्रता लिनुभएको छ । २१ हजार १ सय २० मत गणना हुँदा माओवादी केन्द्रका चुमानले ९ हजार १ सय ४७ मत पाउनुभएको छ भने कांग्रेसका पूर्णबहादुर गुरुङले ७ हजार २ सय ६४ मत पाउनुभएको छ ।

Back to top button