
विराटनगर । जारी मतगणनाको मत परिणाम अनुसार प्रतिनिधिसभाका लागि समानुपातिक तर्फ सबै भन्दा बढी मत ल्याउने दल नेकपा एमाले भएको छ ।
हालसम्मको परिणाम अनुसार एमालेले २ लाख ४१ हजार ९ सय ९९ मत ल्याएको छ भने नेपाली काँग्रेसले २ लाख १९ हजार ४ सय ९१ मत ल्याउँदै दोस्रो बनेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी १ लाख १२ हजार ६१ मत ल्याउँदै तेस्रो स्थानमा छ भने माओवादी केन्द्रले १ लाख ४ सय ९२ मत ल्याउँदै चौथो स्थानमा छ ।
हेरौं अरु कुन पार्टीले कति ल्याए ?
राष्ट्रिय प्रजातन्त्र पार्टीः ५७७६४
जनता समाजवादी पार्टीः १८७५८
जनमत पार्टीः १७५७२
नेपाल मजदुर किसान पार्टीः १६५०५
नेकपा एकीकृत समाजवादी पार्टीः १३३०३
नागरिक उन्मुक्ति पार्टीः ११७३६
अन्यः ५०३२१