
ताप्लेजुङ । ताप्लेजुङबाट नेकपा एमालेका सचिव योगेशकुमार भट्टराई २ सय ४ मतको अन्तरले प्रतिनिधिसभामा विजयी हुनुभएको छ ।
उहाँले बाम लोकतान्त्रिक गठबन्धन उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीलाई २ सय ४ मतान्तरले पराजित गरेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले अन्तिम नतिजा प्रकाशन गर्न भने बाँकी रहेको छ।