झापा–२ बाट प्रदेशसभामा एमालेका एकराज कार्की निर्वाचित

विर्तामोड । झापा क्षेत्र नम्बर–२ को प्रदेशसभा (१) मा नेकपा एमालेका उम्मेदवार एकराज कार्की निर्वाचित हुनुभएको छ ।

उहाँले सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका पुष्पराज पोखरेललाई १२ हजार ६३० मतान्तरले पराजित गर्नुभएको हो । राप्रपासँग चुनावी तालमेल गरेका कार्कीले १८ हजार ७ सय ३१ मत ल्याउँदा पोखरेलले ६ हजार १ सय १ मत ल्याउनुभएको छ ।

यस्तै, भद्रपुर नगरपालिका–७ निवासी पोखरेल झापा क्षेत्र नम्बर–३ छाडेर क्षेत्र नम्बर–२ मा उठ्नुभएको हो ।

Back to top button