काठमाडौं–६ मा रास्वपाका शिशिर खनाल विजयी

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर–६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी हुनुभएको छ । उहाँ १४ हजार २ सय ४ मत ल्याएर विजयी हुनुभएको हो ।

आज दिउँसो पौने २ बजे निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार खनाल झण्डै दोब्बर मतले विजयी हुनुभएको छ ।

नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल दोस्रो हुनुभयो । उहाँले ८ हजार ९ सय ११ मत ल्याउनुभयो । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार एवम् निवर्तमान सांसद भीमसेनदास प्रधान तेस्रो हुनुभयो। पूर्व रक्षामन्त्रीसमेत रहनुभएका उहाँले ८ हजार ८ सय ५ मत प्राप्त गर्नुभयो

Back to top button