ओली दोब्बर मतले अघि, पछ्याउँदै गठबन्धनका अधिकारी

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दोब्बर बढी मतले अघि लाग्नुभएको छ । ८३ हजार ५ सय ८१ मत गणना हुँदा ओली आफ्नो प्रतिस्पर्धिभन्दा २४ हजार ४ सय ३४ मतले अघि हुनुहुन्छ ।

उहाँका निकटमत प्रतिद्वन्दी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २० हजार ७ सय २८ मत ल्याउँदा ओलीले ४५ हजार १ सय ६२ ल्याउनुभएको छ । अघिल्लो निर्वाचनमा पनि ओलीले यही क्षेत्रबाट अधिकारीलाई फराकिलो मतान्तरले पराजित गर्नुभएको थियो ।

Back to top button