गौरको एक कपडा तथा डस्ना पसलमा आगलागी, तीन जना बालबालिको मृत्यु, ३ जना घाइते

रौतहट । गौरस्थित माईस्थान चोकमा रहेको इस्लाम कपडा तथा डसना पसलमा गएराती आगलागी हुँदा तीन जना बालबालिकाको मृत्यु भएको छ ।

तीन जना घाइते भएका छन्। गौर नगरपालिका–१ मा रहेको कपडा पलसमा आगलागी हुँदा इस्लाम मियाँका ५ वर्षीया छोरी सबिना खातुन, ९ वर्षीया छोरी रुक्साना खातुन र ७ वर्षीय छोरा इमरान मन्सुरीको मृत्यु भएको जिल्ला प्रहरी रौतहटले जनाएको छ।

घटनामा इस्लाम मियाका भतिजा महम्मद इसराइल मन्सुरी, महम्मद इमरान र नसिमा खातुन घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको गौर अस्पतालमा उपचार भइरहेको छ।

कपडा पसलसँगै रहेको घरमा राखिएको कपासमा विद्युत् सर्ट भइ आगो लागेको अनुमान गरिएको छ। आगलागी हुँदा इस्लामको घरमा परिवारका १६ जना सदस्य सुतिरहेका थिए। नेपाल प्रहरी, सशस्त्र, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

Back to top button