लागूऔषधसहित सुनसरीबाट २ जना पक्राउ

विराटनगर । लागूऔषधसहित प्रहरीले सुनसरीको धरानबाट २ जनालाई पक्राउ गरेको छ ।

धरान उपमहानगरपालिका–१५ श्याम चोकबाट सोही वडाका ३४ वर्षीय किशोर परियार र धरान–३ का २७ वर्षीय वीरबलप्रसाद साहलाई प्रक्राउ गरिएको प्रहरी जनाएको छ । उनीहरु सवार को २५ प ४६४० नम्बरको स्कुटर चेकजाँच गर्दा लागूऔषध फेला परेको हो ।

प्रहरीका अनुसार स्कुटरमा लुकाईछिपाई ल्याएको अवस्थामा डाइलेक्स डीसी, स्पास्मोप्रोक्सिभन र नाइट्रोसनसमेतका लागूऔषध बरामद भएको छ । पक्राउ परेका २ जनाविरुद्ध प्रहरीले लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने तयारी गरेको छ ।

Back to top button